डडेल्धुरा डडेल्धुराको अमरगढी नगरपालिका वडा नं ७ स्थायी घर भएका हरि कैनिले सांगितिक कोशेली भनिदेउ ए हजुर के छ मनैमाको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।
हिमाल डेन्टल अस्पतालको प्रस्तुतीमा हरि कैनीको अफनै गित तथा संगित रहेको उक्त गितमा हरि कैनी र अन्नु चौधरीको स्वर रहेको छ भने म्यूजिक एरेन्ज दिपक संगम विसिले गरेका छन् ।
स्मारिका ढकाल र सनम कठायतले अभिनय गरेको उक्त म्यूजिक भिडियो लाई बिक्रम चौहानले निर्देशन गरेका छन् । काठमाण्डौको मधुमाला स्टुडियोमा रेकर्डिंग भएको गितको म्यूजिक भिडियो धुलीखेल क्षेत्रमा छायांकन गरिएको हो जसमा कथा किशन कैनीको रहेकोछ ।