परशुराम क्षेत्र विकास समितिमा पुनः जोशी

जोगबुडा –डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित प्रशिद्ध तिर्थस्थल परशुरामधाम क्षेत्र विकास समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि समाजसेवी गणेशप्रसाद जोशी चयन भएका छन ।
परशुराम नगरपालिका–५ परिगाउँमा सोमबार सम्पन्न भएको समितिको ३१ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः जोशी चयन भएका हुन । क्षेत्र विकास समितिको उपाध्यक्षमा कृष्णबहादुर बिष्ट, सचिवमा नरेन्द्र बोहरा, सहसचिवमा ज्ञानबहादुर साउँद र कोषाध्यक्षमा गुलावी दानी चयन भएका छन । यस अघिको कार्यकालमा जोशीको नेतृत्वमा परशुरामधामको भौतिक पुर्वाधार निर्माणका क्षेत्रमा उल्लेख कामहरु भएका छन ।

You might also like