डडेल्धुराको सहकारीबाट ११ लाख चोरी

डडेल्धुरा – डडेल्धुराको एक सहकारीमा चोरी भएको छ । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको हो ।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख तथा प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार शुक्रबारदेखि सहकारीको कार्यालय बन्द रहेको थियो ।
आइतबार बिहान कार्यालय खोल्दा उक्त घटना भएको थाहा पाएपछि सहकारीले प्रहरीलाई जानकारी गरेको थियो । झ्याल फोडेर चोरी भएको बताइएको छ। चोरीमा संलग्नले सिसिटिभि क्यामेराको रेकर्ड डिभाइस पनि लगेर गएको प्रहरीले बताएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.