अजयमेरुकोट

इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणीधाम

शब्दः अमृत भादगाउले
तस्विरः गणेशबहादुर मगर

अजयमेरुकोट ऐतिहासिक सम्पदा हो । बाइसे राज्य अन्तर्गत डोटी राज्यको ग्रीष्मकालीन राजधानी अजयमेरुकोट र शीतकालीन राजधानी दिपायल थियो । अजयमेरु गाउँपालिका–२ मा पर्ने कोटमा ऐतिहासिक सम्पदा छन् । दरबारका भग्नावशेष, देवल, गुफा, नाउला, सुरुङ, पोखरी आदि सम्पदा यहाँ देख्न सकिन्छ ।

अजयमेरुकोटमा बसेर केही राजाले शासन चलाएका थिए । दरबारको निर्माण सम्बन्धमा धेरैथरी भनाइ प्रचलित छन् । एउटा भनाइअनुसार कत्युरी वंशका राजा अजयपाल देवले एघारौं शताब्दीमा यसको निर्माण गरेका हुन् । उनकै नामबाट अजयमेरुकोट भनिएको हो ।

रैका वंशका नागी मल्लको शासनकालमा यहाँ ढुङ्गाका धेरै कलाकृति निर्माण गरिएको अजयमेरुकोट गाउँपालिकाका अध्यक्ष उमेश भट्ट बताउँछन् । उनले वि.सं.१४४१ देखि करिब ९ वर्ष शासन चलाएका थिए ।

यहाँका ऐतिहासिक सम्पदाको संरक्षण र इतिहासको गहिरो अध्ययन एवम् विश्लेषण हुनै बाँकी छ । यसमा पुरातत्व विभाग र स्थानीय गाउँपालिकाले सक्रियता देखाउनु पर्छ । बल्ल अजयमेरुकोट ऐतिहासिक पर्यटनधामका रुपमा चम्किने छ । यो क्षेत्रलाई इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणीधामका रुपमा चिनाउन सकिनेछ ।डडेल्धुरा सदरमुकामबाट करिब ८ किलोमिटर पश्चिममा पर्दछ, अजयमेरुकोट ।

You might also like
Leave A Reply

Your email address will not be published.