डडेल्धुराको आलितालमा हुने खुला भलिवल प्रतियोगिताको पुरस्कार घोषणा

डडेल्धुरा-डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजना हुन लागेको गाउँपालिका स्तरीय खुला पुरुष भलिवल प्रतियोगिताको पुरस्कारको घोषणा गरिएको छ।
आलिताल गाउँपालिका वडा नं. ८ गोदाम बजारमा रहेको गोदाम ब्रदर्श युवा क्लबको आयोजनामा खुला पुरुष भलिवल प्रतियोगिता हुने भएको हो ।
नयाँ वर्ष २०८१ को अवसरमा मैत्री पूर्ण आलिताल गाउँपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष नबिन जोशिले बताए।
प्रतियोगिता चैत्र २७ र २८ गते हुनेछ भने प्रतियोगितामा प्रथम पुरस्कार ४४ हजार, द्धितीय पुरस्कार ३३ हजार र तृतीय पुरस्कार २२ हजार राखिएको छ।
प्रतियोगितामा आलिताल गाउँपालिका भित्र रहेका वडा,संंघसंस्था,व्यवसायीहरुले सहभागी हुन पाउनेछन् । खेलमा सहभागिता जनाउने टिमले २ हजार शुल्क सहित २६ गते सम्म टिम दर्ता गराउन सक्ने छन्।

You might also like
Leave A Reply

Your email address will not be published.