डडेल्धुराको महेन्द्र माविमा विद्यालय विकास कोषको बिस्तार हुदै

डडेल्धुरा– सदरमुकाम खलङ्गास्थित जिल्लाकै पुरानो विद्यालय महेन्द्र माध्यामिक विद्यालयले विद्यालय विकास कोष लाई विस्तार गरेको छ ।
२०१४ साल जेठ १९ गते स्थापित विद्यालयले विहीबार आयोजित छलफल कार्यक्रममा विद्यालय विकास कोष विस्तार गर्ने जानकारी दिएको हो । विद्यालय विकास कोषले समाजमा शिक्षाको विकास र शैक्षिक गुणस्तर बढाउन प्रतक्ष्य भूमिका निर्वाह गर्ने प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले बताए । नेपाल सरकारको शैक्षिक अभियानमा नागरिक स्तर तथा शिक्षामा चासो सरोकार राख्ने सबै बाट सहयोग हुनुपर्ने कुराको आवश्यकता महसुस गर्दै विद्यालय विकास कोषको अवधारणा अगाडी ल्यार्ईएको विद्यालयले जनाएको छ ।
गत वर्ष स्थापना गरिएको विद्यालय विकास कोषमा विद्यालयमा कार्यरत शिक्षकहरु ले स्वएच्छिक रुपमा जम्मा गरिएको करिव सवा १ लाख रकम रहेको र उक्त कोषलाई विस्तार गर्न अव विद्यालयका पूर्व विद्यार्थि, पूर्व कर्मचारी तथा अन्य सर्वसाधारण लाई आग्रह गरिने विद्यालयले जनाएकोृ छ ।
विद्यालयमा आवश्यक जनशक्ति व्यववस्थापन गर्न, विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न, जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय शिक्षाको पहुँचभित्र पु¥याउन, उच्च शिक्षाका लागी छात्रबृति प्रदान गर्न, विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गर्न, खानेपानी सरसफाई तथा स्वच्छतामा पहुँच बृद्धि गर्न र विद्यालयलाई पूर्णरुपमा सवल, सक्षम, आत्मनिर्भर र उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले विद्यालय विकास कोषको स्थापना गरिएको हो ।
विद्यालय विकास कोषका लागी स्वैच्छिक सहयोग गर्न विद्यालयले सानिमा बैँक डडेल्धुरा शाखामा खाता सञ्चालन गरेको छ । विद्यालय विकास कोषको खातामा रकम जम्मा गरेर सहयोग गरिदिन विद्यालयले सबैमा अनुरोध गरेको छ ।
बैँक खाता विवरण
बैँकको नामः सानिमा बैँक अमरगढी शाखा, डडेल्धुरा
खातावालाको नामःMahendra Secondary School Khalanga Dadeldhura
खाता नं: 054010010000315

You might also like
Leave A Reply

Your email address will not be published.