विश्वासको मत पाउने मुख्यमन्त्री शाहको दाबी

सरकार ढलेमा नयाँ सरकार गठन प्रक्रिया थप जटिल बन्दै

डडेल्धुरा–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत पाउने जिकिर गरेरका छन ।
शाह नेतृत्वको सरकार ढल्ने पक्कापक्की भएका बेला मुख्यमन्त्री शाहले विश्वासको मत पाउन सम्पूर्ण तयारी पूरा गरिसकेको बताए । नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलका प्रदेश सभा सदस्यबाट विश्वासको मत पाउने मुख्यमन्त्री शाहले बताए ।
मुख्यमन्त्री शाहले विश्वासको मत पाउन २७ जना संसद्को मत आवश्यक पर्छ । मुख्यमन्त्री शाहसँग कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात र एक जना स्वतन्त्र सांसदको समर्थन कायमै छ भने एक सांसद रहेको राप्रपाले विश्वासको मत पाउने सुनिश्चित भए सघाउने जनाएको छ ।
मुख्यमन्त्री शाह नेतृत्वको सरकार ढलेमा नयाँ सरकार गठन प्रक्रिया थप जटिल बन्ने देखिएको छ । निर्णायक अवस्थामा रहेको नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक विवाद बढ्दै जाँदा विश्वासको मत पाउने सम्भावनाविना मुख्यमन्त्री शाहले बिहीबार सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत लिने कार्यसुँची छ । नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउनेमा भने शंका कायमै छ । स्रोतका अनुसार सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र भित्र पनि आन्तरिक किचलो कायमै छ । प्रदेश संसदीय दलको नेताबाट हटाइएका माओवादीका खगराज भट्ट प्रदेश संसदीय दल प्रति रुष्ट रहेकाले फ्लोर क्रस हुनसक्ने आशंका गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टीमा फुटको अबस्था सिर्जना भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट निष्कासन गरेको पत्र प्रदेशसभामा दर्ता भएको छ । शाहलाई विश्वासको मत नदिन श्रेष्ठले निर्देशन जारी गरे पनि प्रदेश संसदीय दलले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ । माओवादीमा पनि विभाजन आएमात्रै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने छन । शाह नेतृत्वको सरकार ढलेमा उपधारा ५ बमोजिमको सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान हुने र नागरिक उन्मुक्ति पार्टीको सहयोग बिना बहुमत नजुटने भएकाले नयाँ सरकार गठन प्रक्रिया थप जटिल बन्ने देखिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.