सुदूरपश्मिमा पनि “पठाओ सेवा” सन्चालन हुदै

धनगढी-पछिल्लो समय यातायातका लागी किफायती बन्दै गएको पठाओ सेवा कैलालीको धनगढीमा पनि बिस्तार हुन लागेको छ ।
पछिल्लो समय प्रभावकारी बन्दै गईरहेको “पठाओ सेवा” लाई मुलुकका बिभिन्न शहरमा पुर्याउने उद्देश्यले “पठाओ सेवा” लाई धनगढीमा पनि बिस्तार गर्न लागिएको पठाओ नेपालका प्रबन्ध–निर्देशक असिममानसिंह बस्न्यातले जानकारी दिनु भयो ।
कैलालीको धनगढीबाट नजिकैका अन्य शहरका लागि पनि राईड बुकिङ गर्न मिल्ने गरि सेवा सन्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
पठाव नेपालका अनुसार धनगढीमा सेवा बिस्तार गर्ने सन्दर्भमा बाइक राइडर दर्ताको प्रक्रिया पनि शुरु गरिएको छ । पठाओ राइडर बन्न इच्छुक वाईक चालकले आफ्नो नवीकरण भएको लाइसेन्स, बिलबुक र बिमा कागजातसहित आबद्धताका लागि आवेदन दिनु पर्ने छ । कम्पनीले आह्वान गरेको सूचना अनुसार कागजी प्रकृया पूरा भएपछि छनौट भएका अठाओ राईडरहरूलाई अनलाइनमार्फत तालिम उपलब्ध गराईने छ ।
पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरिएको समेत जानकारी दिएको छ । कम्पनीले नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको दावी समेत गरेको छ ।

तस्विरः सामाजिक संजाल बाट

You might also like