पत्रकार महासंघ लाई प्रेस युनियन डडेल्धुराको ध्यानाकर्षण पत्र

डडेल्धुरा-नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा मार्फत नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले पत्रकार महासंघको साधारणसभा रोक्न ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघले तोकेको जिल्ला शाखा, प्रदेश र केन्द्रीय अधिवेशन स्थगित गर्न प्रेस युनियन डडेल्धुराले माग गरेको हो ।
लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय किनारा नलाग्दासम्म साधारणसभा नगर्न आग्रह गरेको हो ।
युनियनका जिल्ला अध्यक्ष योगेन्द्र रावलले बिहीबार युनियनकर्मीको उपस्थितिमा महासंघका जिल्ला अध्यक्ष हिक्मत सिंहलाई पत्र बुझाउँदै सदस्यता टुंगो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.