सूदूरपश्चिम चिनाउने छोटो भिडियो

डडेल्धुरा-सुदूरपश्चिम प्रदेशलाई मात्र नभएर सिंगो नेपालको नेपाललाई नै एक्प्लोर गर्ने उद्देश्यले सुरु गरिएको ‘यात्रा नेपालको’ प्रोजेक्ट अन्तर्गत पहिलो कोशेलीस्वरुप सुदूरपश्चिमको पर्यटकिय गन्तव्यहरु झल्काउने भिडिओ सार्वजनिक गरिएको छ । भिडिओलाई दशरथ सुनारले निर्देशन गरेका छन् भने यसको परिकल्पना तथा कथा पनि उनकै रहेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि भिडियो बनाईए पनि कोरोना महामारीको कारण सो अभियान प्रभावित भए पछि भिडियो त्यती बेला सार्वजनिक गरिएको थिएन तर आफ्नो समय, विवेक, पसिना यसमा परेको स्मरण गर्दै सुनारले यसलाई नयाँ परियोजनामार्फत भिडिओ रिलिज गर्ने योजना बनाए । त्यसपछि ‘यात्रा नेपालको’ अभियान सुरु गरी यसै नामको युट्युब च्यानलमार्फत सो भिडिओ रिलिज गरियो ।
भिडियोमा प्राकृतिक सुन्दरताका दृष्यहरु का साथै यस क्षेत्रका विभिन्न जातजातिका भेषभुषा, संस्कृति र पृथक नृत्यहरु देख्न सकिन्छ ।
भिडियोमा सुदूरपश्चिम प्रदेशको प्रमुख नदीका रुपमा रहेको सेती र महाकालीका केही दृष्यहरुका साथै यस क्षेत्रमा रहेका विभिन्न तालहरु लाई समेट्ने प्रयास गरिएको छ ।
यस भिडिओको सम्पादन जेनिश महर्जनले गरेका छन् भने म्यूजिक एरेन्ज गोपाल रसाइलीको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.