सुदूरपश्चिममा विश्वासको मत लिने समय साघुरिँदै

धनगढी, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने समय अन्तिम तिर पुग्न लागेको छ ।
नयाँ गठबन्धनपछि सुदूरपश्चिममा कमल बहादुर शाहनेतृत्वको सरकारले माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए ।
गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिए पछि नेपालको संविधानको १८८ को २ अनुसार मुख्यमन्त्री शाहले २२ गते भित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।
मुख्यमन्त्री शाहसँग २२ गते भित्रै विश्वासको मत लिने वा विश्वासको मत पाउने सम्भावना नरहँदा राजीनामा दिने दुई विकल्प छन् । अहिले मुख्यमन्त्री यी दुवै विकल्पमा छलफल गरिरहेको कांग्रेस निकट स्रोतको दाबी रहेको छ । मुख्यमन्त्री शाह यही विषयमा थप छलफल गर्न सोमबार साँझ काठमाडौँ प्रस्थान गरेका छन् ।
राजीनामा दिने कि, संसद् फेस गर्ने भन्नेमा दोधारमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह त्यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन लिन काठमाडौँ प्रस्थान गरेका हुन् ।
हिजो काठमाण्डौ प्रस्तान गरेका मुख्यमन्त्री शाह ले पार्टी सभापति देउवा र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पनि भेट्ने बताइएको छ ।
मुख्यमन्त्री शाह विश्वासको मत लिनुपर्ने अवस्था आएमा चैत २२ गते बिहीबार लिने मुडमा रहेको उनी निकट स्रोतको भनाइ छ । २२ गते संसदमा विश्वासको मत लिन आज साँझ पाँच बजेसम्म प्रदेश सभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराउनु पर्नेहुन्छ ।
कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री विश्वासको मत लिने पक्षमा छन् । आफ्ना १८, नाउपाका ७, स्वतन्त्र र राप्रपा मिलाएर बहुमत सङ्ख्या २७ पुर्‍याउने रणनीतिमा मुख्यमन्त्री शाह छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.