मुख्यमन्त्रीको दौडमा सोडारी

डडेल्धुरा–सत्तारुढ गठबन्धन सम्वद्ध दलहरुले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नयाँ सरकार गठनका लागि पहल शुरु गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीलाई सुदूरपश्चिमको नेतृत्व दिने सहमति भएको थियो । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन ।
सत्तारुढ गठबन्धनमा बहुमत पु¥याउने दाबी गरेपछि एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति जुटेको हो । नयाँ सरकारको नेतृत्व गर्न पहल थालेका सोडारीलाई बहुमत जुटाउन चुनौती छ । सत्तारुढ गठबन्धनसँग सभामुखवाहेक २४ मत छन । नागरिक उन्मुक्ती पार्टीले सहयोग नगरेमा सोडारीले बहुमत पाउन नसक्ने अबस्था छ । नागरिक उन्मुक्तीमा हाल विवाद चर्किएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.