उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउन कांग्रेसको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
उक्त बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ प्रदेशसभाको चुनावमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।
मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.