माओवादीबाट बझाङमा लड्दै जनक बुढा

डडेल्धुरा,आगामी उपनिर्वाचनमा बझाङ प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रको तर्फ बाट प्रदेश कमिटी सचिव जनकबहादुर बुढा लड्ने भएका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटीले अगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा बुढालाई उम्मेदवार बनाउन केन्द्रीय कमिटीलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रदेश कमिटी सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए । २०७० सालको दोस्रो संविधान सभा सदस्य रहेका बुढाले बझाङ जिल्ला अध्यक्ष र इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.