समाजवादी प्रेस संगठनको बैठक सम्पन्न

डडेल्धुरा–समाजवादी प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको पहिलो पूर्ण बैठक शनिबार डडेल्धुरामा सम्पन्न भएको छ ।
प्रदेश कमिटी अध्यक्ष हिक्मतबहादुर सिंहको अध्यक्षता र केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा पहिलो पूर्ण बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश कमिटीको कार्यालय धनगढीमा स्थापना गर्ने निर्णय गरेको महासचिव डिलबहादुर सिंहले बताए । बैठकले पाँच सदस्यीय सचिवालय पनि गठन गरेको छ ।
सचिवालयमा अध्यक्ष हिक्मतबहादुर सिंह, उपाध्यक्ष तपेन्द्र कुँवर, महासचिव डिलबहादुर सिंह, सचिव सन्तोषप्रसाद जैशी र कोषाध्यक्ष समीक्षा जोशी रहेका छन । बैठकले आसन्न उपनिर्वाचनका लागि मीन ठकुरीको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गर्ने पनि निर्णय गरेको महासचिव सिंहले बताए । बैठकमा जिल्ला अध्यक्षहरूले जिल्लामा संगठनको अवस्थाबारेमा रिपोर्टिङ गरेका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.