आलिताललाई कैलाली प्रिमियर लिगको उपाधि

धनगढी–दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ ।
शनिवार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै आलितालले उपाधि चुमेको हो । उपाधिसँगै आलितालले दुई लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको परशुराम नगरपालिकाले एक लाख नगद पुरस्कार पाएको छ । जितका लागि पाएको १११ रनको लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेका थियो ।
आलिताललाई जिताउन दिलबहादुर बोहराले ३० र राजु रिजालले २२ रनको योगदान गरेका थिए । परशुरामका महेन्द्र धामीले तीन र कृष्ण विष्टले दुई विकेट लिए । फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको परशुराम १०७ रनमा समेटिएको थियो । परशुरामका यश कठायतले ३२ र मान साँउदले २१ रन जोडेका थिए । आलितालका हिक्मत महरा र निरज ऐरले समान तीन-तीन विकेट झारे । हिक्मत म्यान अफ द फाइनल चुनिएका छन ।

आलितालका दिलबहादुर बोहरा म्यान अफ द सिरिज,परशुरामका राज बिक वेस्ट ब्याटर,कृष्ण विष्ट वेस्ट बलर र परशुरामकै अर्जुन बिक उदीयमान खेलाडी भएका छन ।
विजेता,उपविजेता र अन्य खेलाडीहरूलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,परशुराम नगरपालिकाका मेयर भरत बडाएर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशी,क्यानका केन्द्रीय सदस्यद्वय धिरेन्द्र साउद र वीरेन्द्र चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ११ पालिकाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.