श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

कञ्चनपुर, आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको अभियोगमा भिमदत्तनगरपालिका १८ सालघारी बस्ने ३४ वर्षीय बलराम थारुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.