एकल महिलालाई बाख्रा वितरण

डडेल्धुरा– डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित आलिताल गाउँपालिकाले बुधबार एक कार्यक्रमकाबीच गाउँपालिकाकाभित्र रहेका एकल महिलाहरुलाई बाख्रा वितरण गरेको छ ।

गरिवसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत कम उमेर भएका एकल महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले बाख्रा वितरण गरिएको आलिताल गाउँपालिकाका उपाध्यक्ष मैना कुमारी रावल बोहराले जानकारी दिइन ।

गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आलिताल गाउँपालिकाका १६ जना एकल महिलाहरुलाई जनही एकका दरले बाख्रा हस्तान्तरण गरिएको हो ।

एउटा बाख्रा घरमा सहजै पाल्न सकिने भएकाले जिविकोपार्जनमा सहयोग पुग्ने एकल महिलाहरुले बताएका छन । उनीहरुले एकल महिलाहरुको आयआर्जनमा सहयोग गरेको आलिताल गाउँपालिकालाई धन्यवाद दिएका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.