डडेल्धुरा–यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिबारदेखि शुरु भइरहेको छ । १२ वटा परीक्षा केन्द्र रहेको डडेल्धुरामा दुई हजार पाँच सय ५७ परीक्षार्थीहरु एसईई परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय समिति डडेल्धुराले जनाएको छ ।
परिक्षार्थीहरु मध्ये एक हजार एक सय तीन छात्रा र एक हजार दुई सय ५४ छात्र छन । परीक्षार्थीको सख्या गत वर्ष भन्दा यो वर्ष एक सय ३२ जना कम रहेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख नारदप्रसाद जोेशीले बताए । यस वर्ष डडेल्धुराबाट ग्रेड बृद्धि तर्फका परीक्षार्थीहरुको संख्या ९७ रहेको उनले जानकारी दिए । उनका अनुसार प्राविधिक धारतर्फका परीक्षार्थीहरुको संख्या एक सय ८६ रहेको छ । यहाँका ७० वटा माविका परीक्षार्थीहरु एसईईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जनाएको छ ।
१२ वटा परीक्षा केन्द्रहरु मध्ये सबैभन्दा बढी अमरगढी नगरपालिका–स्थित बैजनाथ मावि मौडारामा दुई सय ७६ जना परीक्षार्थी छन भने सबैभन्दा कम आलिताल गाउँपालिकाको दुर्गा माविमा एक सय ३९ परीक्षार्थी छन । गत वर्ष डडेल्धुराका १२ वटा परीक्षा केन्द्रबाट दुई हजार छ सय ८९ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

You might also like