पत्रकार महासंघ डडेल्धुराले विकासका लागि सम्वाद गर्ने

डडेल्धुुरा–नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले महासंघको ६९औँ स्थापना दिवसका अवशरमा विकास सम्वाद कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा चैत १६ गते शुक्रबार जिल्लाको समग्र विकासका सवालमा संवाद गर्ने पत्रकार महासंघ डडेल्धुरा शाखाले जनाएको छ । मंगलबार सम्पन्न शाखाको बैठकले स्थापना दिवसका अवसरमा बिहान प्रभातफेरीको आयोजना गर्ने र लगत्तै शाखाको आफ्नै भवनमा यहाँका जनप्रनिधी, सरोकारवालाहरु, सरकारी कार्यालयका प्रमुख र नागरिक समाजका अगुवाहरु बीच विकासका सवालमा संवाद गर्ने निर्णय गरेको अध्यक्ष हिक्मतबहादुर सिंहले जानकारी दिए ।
डडेल्धुरा जिल्लाको समग्र विकासको वस्तुस्थितीसंगै अधुरा योजनाको काम अघि बढाउन दवाव बढाउने र सुशासन प्रवद्र्धनमा टेवा पु¥याउन विकासका सवालहरुमा संवाद कार्यक्रमको आयोजना गरिन लागेको उनले बताए । संवाद कार्यक्रम स्थानीय एफएम रेडियोहरुबाट प्रत्यक्ष प्रशारण गरिने छ । नेपाल पत्रकार महासंघले स्थापना दिवशका अवशरमा देशव्यापी रुपमा बिविध कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।

You might also like