अजयमेरुकोटको पर्यटन विकासका लागीे समन्वय बैठक सम्पन्न

सिंगो नेपालको सम्पति भएकोले सबैले साझा पहल गर्नु पर्ने

डडेल्धुरा, डडेल्धुराको अजयमेरु गाउँपालिका मा रहेको पर्यटकिय गन्तव्य अजयमेरुकोट दरवारको संरक्षण तथा पर्यटकिय पूर्वाधार विकासका लागि अन्तरपालिका तथा सराकारवालाहरु संगको बैठक आज अजयमेरुकोट दरवार परिसरमा सम्पन्न भएको छ ।
अजयमेरु गाउँपालिकाको आयोजनामा सम्पन्न भएको उक्त समन्वय बैठकमा अमरगढी नगरपालिका , भागेश्वर गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको सहयोग रहेको थियो ।
कार्यक्रममा अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकाका जनप्रतिनिधिका साथै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, डिभिजनल बन कार्यालयका प्रमुख, पत्रकार लगायत अन्य सर्वसाधारणको उपस्थिती रहेको थियो । समन्वय बैठकमा उपस्थित सहभागीहरुले अजयमेरुकोट परिसर सरसफाई समेत गरेका थिए ।
कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरुले अजयमेरुको पर्यटकिय विकासमा हातेमालो गर्नु पर्ने विचार व्यक्त गरेका थिए । १३औँ सताव्धीको ईतिहास मानिने अजयमेरुकोट दरवार केवल अजयमेरु गाउँपालिकाको मात्र नभएर सिंगो नेपालको सम्पति भएकोले सबैले साझा पहल गर्नु पर्ने अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्ट ले बताउनु भयो ।
पछिल्लो समय अमजमेरु गाउँपालिका र सरकारको तर्फ बाट अजयमेरुकोट परिसरमा पूर्वाधार विकासका काम हरु भई रहेको छ भने रणबम गण डडेल्धुराको तर्फ बाट पनि दरवार जाने सिंढी निर्माणको काम भईरहेकोछ ।

You might also like