‘बाजेको खिर’ पसलमा अष्ट्रेलियन राजदूत

नेपालका मौलिक परिकारमा कयौँ विदेशी पनि झुम्मिन्छन

डडेल्धुरा–भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको शाहुखर्कमा रहेको ‘बाजेको खिर’ पसलमा खिर खान अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पुगेकी छिन ।
बुधबार अष्ट्रेलियन राजदूतावासको आधिकारिक फेसबुक पेजमार्फत भोल्क उक्त पसलमा गएर खिर खाएको जानकारी दिइएको छ । ‘बाजेको खिर पसलमा खिरको मजा लिइयो,’ तीन वटा फोटो राखिएको उक्त फेसबुक पोष्टमा भनिएको छ । स्वर्गीय शेरबहादुर देउवाले २०३२ सालदेखि खिर पसल सञ्चालनमा ल्याएका थिए । सञ्चालक देउवाको गत जेठ ९ गते निधन भएको थियो । अहिले उनका छोराले उक्त खिर पसल सञ्चालन गरिरहेका छन । खिरले नेपालको मौलिक खानाको परिचय बनाएको छ । दूधमा पकाएर बनाइने यो परिकार ग्रामीण नेपालीमाझ लोकप्रिय छ ।
नेपालका मौलिक परिकारमा कयौँ विदेशी पनि झुम्मिन्छन । खासगरी विदेशी राजदूतहरूको नेपाली परिकार मोह चाखलाग्दो देखिन्छ । अमेरिका, बेलायत र चीनसहितका शक्ति राष्ट्रका राजदूतहरू नेपाली खानाका परिकारका पारखी छन । नेपालको ग्रामीण जनजीवनमा रमाउन मन पराउने भल्क केही दिनअघि सुदूरपश्चिमको यात्रामा पुगेकी हुन ।
भीमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीलाई स्वादिष्ट खिर खुवाउँदै आएको बाजेको खीर पसल देशभर चर्चित छ । निकै स्वाद लिएर अष्ट्रेलियन राजदूत भोल्कले खिर खाएको प्रतक्ष्यदर्शी यात्रुहरुले बताएका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.