डडेल्धुरामा अन्तरदेशीय पूर्वसुचना प्रणालिको कृतिम नमुना अभ्यास सम्पन्न

विश्व पानि दिवस २०२४को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपाल को सहकार्यमा परशुराम नगरपालिकामा संचालित दक्षिण एशियाली सिमा नदीको सामुदायीक सदुपयोग ट्रोसा २ परियोजना अन्तर्गत आज परशुराम नगरपालिका वडा नं. ५ को परशुराम धाममा अन्तरदेशीय पूर्वसुचना प्रणालि (संयन्त्र) बिस्तार सम्बन्धमा कृतिम नमुना अभ्यास सहितको कार्यक्रम सम्पन्न भएको छ ।
आज सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा परशुराम नगरापलिकाका नगरप्रमुख भरत वडायर जोशी सहभागी हुनुहुन्थ्यो भने अतिथिको रुपमा महाकाली नगरपालिका दार्चुलाका उपप्रमुख दुर्गा कुमारी खत्री बिष्ट, रुडुक राष्ट्रिय निर्देशक डा. कृष्ण कुमार श्रेष्ठ, सेडार देहरादुन भारतका डा. रेनु सेडार, सशस्त्र प्रहरी बल बिओपी परीगाउ प्रमुख र जिल्ला स्थित सक्रिय संचारकर्मीहरुको उपस्थिती थियो ।
नेपाल भारतका साझेदार संस्थाहरु सि.आर.डि.एस. दार्चुला, रुडेस बैतडी, निड्स कन्चनपुर, सिडार देहरादुन, जिडिएस पलिया, महिला सशक्तिकरण केन्द्रका प्रतिनिधिहरुको सहभागीता थियो ।
उक्त कार्यक्रममा समुदाय स्तरीय पूर्वसुचना कार्यदलका प्रतिनिधिहरुले पूर्वसुचना प्रणालीको कृतिम अभ्यास प्रस्तुत गरेका थिए । विश्व पानि दिवस २०२४को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साउदले बताए ।

You might also like