देशभर सकिनै लाग्दा डडेल्धुरामा डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामुलक सप्ताह सुरु
आगलागी सम्बन्धि कृतिम घटना अभ्यास सम्पन्न
डडेल्धुरा–डिभिजन वन कार्यालय डडेल्धुराले बुधबारदेखि डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामुलक सप्ताह कार्यक्रम आरम्भ गरेको छ ।
गर्मियाम बढेसंगै हुने सम्भावित आगलागीका घटनाहरुको जोखिमबाट जोगिनको लागी डढेलो व्यवस्थापन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्न लागिएको डिभिजन बन कार्यालयका सुचना अधिकारी रणेन्द्र सिँहले जानकारी दिए ।
देशव्यापी रुपमा चैत महिनाको १ देखि ७ गतेसम्म डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामुलक सप्ताह मनाईने गरिएको छ । डडेल्धुरामा बुधबारदेखि साप्ताहिक अभियान सुरु गरिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले बताए ।
डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामुलक सप्ताह समुद्घाटन कार्यक्रमका अवशरमा आगलागी नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास गरिएको थियो । कृतिम घटना अभ्यासमा स्थानीय सामुदायिक वनका पदाधिकाी तथा उपभोक्ताहरु, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा डिभिजन वन कार्यालयका कर्मचारीहरुको सहभागिता थियो ।
कार्यक्रममा डिभिजनल वन अधिकृत तिवारीले गर्मीयाम बढेसंगै पूर्वतिर वन क्षेत्रमा आगलागी र डढेलोका घटनाबाट जन धनको क्षति भइसकेको सन्दर्भमा व्यापक वन क्षेत्र रहेको डडेल्धुरामा पनि सचेत रहन आवश्यक रहेको जिकिर गरे ।