नव गायिका तुलसी वि.क.को लागी आर्थिक सहयोग संकलन हुदै
टेलिभिजन कार्यक्रम ईन्द्रेणीमा आफ्नो सांगितिक प्रस्तुती दिए पछि पछिल्लो समय उनको चर्चा चुलिन थालेको छ ।
डडेल्धुरा,
पछिल्लो समय मिठो स्वरका कारण चर्चामा आउन सफल नवगायिका तुलसी बि.क.को लागी आर्थिक सहयोग गर्न आर्थिक संकलन अभियान सुरु गरिएको छ ।
डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा नं.१ स्थायी ठेगाना भएका तुलसी वि.क. हाल सांगितिक क्षेत्रमा संघर्ष गर्दै राजधानी काठमाण्डौमा रहेकी छिन ।
सानै देखी गायनमा रुची राख्ने तुलसीले एक कार्यक्रममा विद्यार्थि जिवनमा धेरै साथीहरुले आफु पढेर डाक्टर ईन्जिनियर बन्ने सपना बुन्ने गरेको भए पनि आफुमा भने जहिले पनि एक कुशल गायक बन्ने सपना पलाएको बताईन ।
राम्रो गायक बन्ने सपना भए पनि घरको आर्थिक स्थितीले घर बाहिर जान नसकेको बताउने वि.क. आर्थिक अभावका कारण काठमाण्डौको बसाई त्यती सहज नभएको टेलिभिजन कार्यक्रम ईन्द्रेणीमा बताएकि छिन् ।
टेलिभिजन कार्यक्रम ईन्द्रेणीमा आफ्नो सांगितिक प्रस्तुती दिए पछि पछिल्लो समय उनको चर्चा चुलिन थालेको छ ।
नव गायिका तुलसी बि.क.को सांगितिक यात्रामा सहज होस भनि डडेल्धुराका जिल्ला भागेश्वर गाउँपालिका वडा नं.१ का युवा मोहन सिँह ठकुराठीले आर्थिक सहयोग अभियान सुरु गरेका छन् । अभियान सुरु गरेको तेश्रो दिन सम्म आईपुग्दा करिव ३० हजारको हाराहारीमा आर्थिक संकलन भएको र आर्थिक संकलन अभियान जारी रहेको अभियन्ता मोहन सिँह ठकुराठी ले बताए ।