डडेल्धुरा बाट आँखै अगाडी देखिने हिमालको दृश्य

छोटो समयमा डडेल्धुरा सदरमुकाम आसपास रहेका थुपैे पर्यटकिय गन्तव्यहरु घुम्न सक्नु हुन्छ ।

भौगोलिक रुपले करिव करिव सुन्दर सुदूरपश्चिमको मध्यबिन्दुमा रहेको डडेल्धुरा जिल्लालाइ सुदूरपश्चिमको पर्यटकिय ट्रान्जिटको रुपमा विकास गर्न सकिने सम्भावना लाई नकार्न सकिन्न ।
डडेल्धुरा लाई ट्रान्जिट बनाएर यहाको धार्मिक, प्राकृतिक, शाहसिक, शैक्षिक सबै किसिमका पर्यटकिय गन्तव्यहरु घुम्न जान सकिन्छ ।
धार्मिक पर्यटनका लागी डडेल्धुरा लाई बेसक्याम्प मानेर यहाँ बाट बैतडी, दार्चुला, बझांग, डोटी, अछा र बाजुरका धार्मिकस्थलहरु घुम्न सकिन्छ भने ट्रेकिंगको लागी प्रशिद्ध मानिने अपी, सैपाल बेस क्याम्प जानको लागी पनि डडेल्धुरामा आराम गरेर जादा राम्रै हुन्छ ।
पछिल्लो समय चर्चामा आउन थालेको खप्तड र बडिमालिका दर्शनको लागी पनि डडेल्धुरा लाई बेस क्याम्प मानेर जाने हो भने सहज हुन सक्छ । यति मात्र होईन डडेल्धुरा जिल्ला बाहेकका पर्यटकिय गन्तव्य लाई लक्ष बनाएर हिड्नु भएको आन्तरिक एबं बाह्य पर्यटकहरुले डडेल्धुरा लाई बिश्रामस्थल मात्र बनाउनु भयो भने पनि छोटो समयमा डडेल्धुरा सदरमुकाम आसपास रहेका थुपैे पर्यटकिय गन्तव्यहरु धुम्न सक्नु हुन्छ ।
आजको लागी भने डडेल्धुरा बाट आखै अगाडी देखिने हिमालय तपाईहरुको लागी..

 

 

 

You might also like
Leave A Reply

Your email address will not be published.