काठमाडौं । आइतबार तोलामा ४ सय रुपैयाँ घटेको सुन हिजो सोमबार थप ५ सय रुपैयाँ घटेको छ । अस्ति आइतबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा हिजो सोमबार १ लाख २४ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उच्च रेकर्ड बनाएपछि सुनको मूल्य क्रमिक रुपमा ओरालो लागिरहेकोछ । ७ दिनमा तोलामा १५ सय रुपैयाँले मूल्य घटेको छ । गत सोमबार र मंगलबार तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भई हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको थियो । त्यसयता मूल्य क्रमिक रुपमा झरेको छ ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलाको १५३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५२० रुपैयाँमा कायम भएको छ ।