गण्डकी प्रदेशको मन्त्रीमण्डलमा हेरफेर हुदै

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।
मनाङेलाई भौतिक मन्त्री बनाउने तयारी गरिएको छ । मनाङे चौथोपटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुईपटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । यसअघि केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । यसैबीच मनाङेको आज दिउँसो ४ बजे शपथको तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.