गृहमन्त्री लामिछानेको राजीनामा माग्दै कांग्रेस सांसदले गरे वेल घेराउ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज संसदको वेल घेराउ गरेको छ ।
शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।
नेपाली कांग्रेसका संसदहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आईतवार ११ बजे बस्नेगरी स्थगित भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.