यहि फागुन ३० गते डडेल्धुराको परशुराममा हुने भनिएको नेकपा एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन चैत्र ५ गते सम्मको लागी सरेको छ ।
पूर्व प्रधानमन्त्री एबं नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली को प्रमुख आतिथ्यतामा सम्पन्न हुने भनिएको उक्त कार्यक्रम पछिल्लो समय देशमा विकास भएको राजनैतिक अवस्थाका कारण केही दिन पछाडी सार्नु परेको नेकपा एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले बताए ।
पछिल्लो समय विकसित राजनैतिक अवस्था र केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण हाल लाई स्थगित गरी चैत्र ५ गते परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्ग मैदानमा नवौँ जिल्ला अधिवेशनको उद्घाटन हुने कार्यक्रम तय गरिएको छ ।
नेकपा एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशनको पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि के पी शर्मा अोली ज्यू ले उद्घाटन तथा समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले बताए ।
