ग्लोवल आई.एम.ई.बैँक डडेल्धुुरा शाखाको अभिमुखीकरण कार्यक्रम सम्पन्न

डडेल्धुरा
ग्लोवल आ.एम.ई.बैँक डडेल्धुरा शाखाको आयोजनामा डडेल्धुरा सदरमुकाममा वित्तिय साक्षरता र डिजिटल बैँकिंग सम्बन्धि अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला सदरमुकाम स्थित निर्माण व्यवसायी संघको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।
सर्वसाधारण सम्म वित्तिय साक्षरता र डिजिटल बैँकिंग सम्बन्धि जनचेतन फैलाउने नेपाल राष्ट्र बैँकको नीति लाई सहयोग गर्न सामाजिक उत्तरदायि भुमिका अन्तर्गत ग्लोवल आ.एम.ई.बैकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सुरक्षित बचत ऋणको सहि सदुपयोग तथा डिजिटल कारोवारको सही प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी दिईएको थियो । कार्यक्रममा समुदायमा वित्तिय साक्षरताको अभावका कारण वित्तिय अपराध हरु बढेको भन्दै आगामी दिनहरुमा बित्तिय अपराध तथा ठगीहरु बाट बच्नको लागी समुदाय स्तर सम्मनै वित्तिय साक्षरता लैजानु पर्ने विचार अधिकांस सहभागीहरुले राखेका थिए ।
कार्यक्रममा ग्लोवल आई.एम.ई.बैँक डडेल्धुराका शाखा प्रवन्धक प्रकाश दत्त भट्टले वित्तिय साक्षरता, डिजिटल बैंकिग र यसमा देखिने गरेका समस्याहरुको बारेमा प्रकाश पारेका थिए ।
साथै कार्यक्रममा सहभागीहरुको जिज्ञासा को जवाफ दिदै शाखा प्रवन्धक प्रकाश दत्त भट्ट ले ग्लोवल आई.एम.ई. बैँक समुदाय स्तरमा पनि गएर यि विषयमा जनचेतना फैलाउन चाहिरहेकोले सबै लाई सहकार्यको लागी अनुरोध पनि गरेका थिए ।
कार्यक्रममा डडेल्धुराका विद्यार्थि, व्यापारि, कर्मचारी, गृहिणि, राजनैतिक दलका प्रतिनिधि र पत्रकार गरी जम्मा १३७ जनाको सहभागीता रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.