रास्वपाका सह-प्रवक्ता द्धारा जिल्ला भेला लाई सम्बोधन

४ माघ, डडेल्धुरा
राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रिय सदस्य एबं सह-प्रवक्ता रमेश प्रसाईले आज डडेल्धुरामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टिको जिल्ला भेला लाई सम्बोधन गरेका छन् ।
आज डडेल्धुरा सदरमुकाम स्थित निर्माण व्यवसायी संघको हलमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टि जिल्ला समन्वय समिति डडेल्धुराको जिल्ला भेला लाई सम्बोधन गर्न प्रसाई डडेल्धुरा आईपुगेका हुन । सम्बोधनको क्रममा प्रसाईले राष्ट्रिय स्वतन्त्र पार्टिको अध्यक्ष रवि लामिछानेको अभिव्यक्ति स्मरण गर्दै कालो कपडामा दाग लागे खासै नदेखिने तर सेतो कपडामा तिल बराबरको दाग लागे पनि टाढै वाट देखिने हुदा हामी हरु सेतो कपडा भएको र त्यसमा कुनै किसिमको दाग लाग्न दिन नहुने बताउनु भयो ।
उक्त कार्यक्रम लाई राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रिय सदश्य विजय जैरु, सुदूरपश्चिम प्रदेश महामन्त्रि पारश बाहुन, सुदूरपश्चिम पद्रेश उपसभापति नरेन्द्र खड्का लगायतका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा केन्द्रिय सदस्य एबं सह-प्रवक्ता रमेश प्रसाईले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टि लाई कमजोर बनाउनका लागी विभिन्न फन्डा बाहिर आउन लागेको भए पनि कार्यकर्ताहरु लाई ढुक्क भएर आफ्नो मिसनमा लाग्न अनुरोध गर्नुभयो । सम्बोधनको क्रममा हाम्रो पुस्ता राजनितिमा चुक्यो भने आउने पुस्ताले पनि दुख पाउने बताउनुभयो ।

You might also like