के.पि. ओली द्धारा डडेल्धुरामा सम्बोधनः सरकार आफ्नो खुट्टामा उभिएको छैन

१५ मंसिर

समृद्धिका लागी संकल्पयात्रा २०८० को दोश्रो दिन नेकपा एमाले अध्यक्ष एबं पूर्व प्रधानमन्त्रि के.पि.शर्मा ओलीले डडेल्धुरा सदरमुकामको बसपार्कमा आयोजित आमसभा लाई सम्बोधन गरेकाछन् । हिजो बैतडीको झुलाघाट बाट सुरु भएको संकल्पयात्रा पाँचथरको चिवाभञ्ज्यांग मा पुगेर समापन हुनेछ । आज सम्पन्न भएको आमसभामा नेकपा एमालेका शिर्ष नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रि पठान सिँह बोहराले डडेल्धुराको समग्र विकासका लागी कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्रि के.पि.शर्मा ओलीको ध्यान आकर्षण गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रि ओलिले बर्तमान सरकार कर्मचारीहरु लाई तलव खुवाउन नसक्ने र निर्माण व्यवसायीले पिनर्माण सम्पन्न गरिसकेको कामको भुक्तानि दिन सक्ने अवस्थामा पुगेको बताउनु भयो । सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रि ओली बर्तमान सरकार आफ्नो खुट्टामा नउभिएको र गठबन्धन नामको छेस्कामा उभिएकोले जुनसुकै बेला ढल्न सक्ने बताउनु भएको थियो ।
बैतडीको झुलाघाट बाट सुरु भएको संकल्पयात्रा ३ हप्ता पश्चात नेपाल र सिक्किमको सिमाना पाँचथरको चिवाभञ्ज्यांग मा पुगेर समापन हुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.