२४ कार्तिक
नेपाल कम्युनिष्ट पार्टि समाजवादीका महासचिव घनश्याम भुसाल ले डडेल्धुरा जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रको सबै भन्दा ठुलो दुस्मन बेरोजगारी र कुसासन भएको बताउनुभएको छ ।
पार्टिको कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा अछाम पुगेर फर्किने क्रममा डडेल्धुरामा कार्यकर्ता भेटघाट पुर्व आयोजीत पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो । नेकपा समाजवादी जिल्ला अध्यक्ष कविन्द्र विष्टको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलन कार्यक्रममा नेकपा समाजवादीका केन्द्रिय सचिव गरिमा शाह, स्थायी कमिटि सदश्य भानुभक्त जोशी, केन्द्रिय सदश्य दिर्घ सोडारी लगायतको उपपस्थिती रहेको थियो ।
पछिल्लो समय जाजरकोट र रुकुम पश्चिममा भएको क्षती पश्चात राहतका लागी सरकार संग समन्वय गरेर पार्टि अगाडी बढिरहेको बताउदै सञ्चारकर्मीका विभिन्न जिज्ञासाको जवाफ दिनु भएको थियो ।
पत्रकार सम्मलेनमा नेकपा समाजवादीका महासचिव घनश्याम भुसालले लोकतन्त्रको मात्र नभएर प्रायः सबै समस्याको बुवा आमा भनेको बेरोजगारी र कुसासन भएकोले त्यस बाट खतरा छ भन्दैमा भाग्न नहुने बताउनु भएको थियो ।