राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहि डढडेल्धुरामा

१६ कार्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रवक्ता एबं प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहिले डडेल्धुरा सदरमुकाममा आयोजित एक कार्यक्रम लाई आज सम्बोधन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टि जिल्ला कार्य समिति डडेल्धुराले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा शुभचिन्तक संग जनगुनासो संकलन एबं छलफल कार्यक्रममा भाग लिन डडेल्धुरा आई पु्गेका शाहीले कार्यकता तथा सर्वसाधारण उपस्थित भएको कार्यक्रम लाई सम्बोधन गरेका हुन ।
कार्यक्रममा रा.प्र.पा.सचेतक ज्ञानेन्द्र शाहीले संघियता काम नलाग्ने र यसको खारेज गर्नुपर्ने लाई जोड दिदै अहिले सम्म सुदुरपश्चिम प्रदेश सरकारले मात्र करिव २ खर्व रुपैया खर्च गरिसकेको भए पनि कुनै उपलब्धि देख्न नसकिएको बताए ।
पछिल्लो संसदिय व्यवस्था अनुसार जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरु टोलाएर बस्नु पर्ने र निवार्चन नै नलडेका र समानुपातिक व्यवस्था बाट आएका हरु चाहि देशको कार्यकारी पदमा बसेर सासन गरिरहेका छन यो भन्दा ठुलो बिडम्बना गणतन्त्रको हुन नसक्ने बताए ।
पत्रकार सम्मेलनमा पत्रकार हरु संग कुरा गर्दै रा.प्र.पा.का सचेतक तथा पार्टि प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहिले अहिलेका सरकार र मन्त्रि हरु केवल देखिने पात्र मात्र भएको त्यसको रिमोट अन्तै भएको र देशको प्रधानमन्त्रि स्वयमले आन्दोलनमा उन्त्रिन्छु भन्ने अभिव्यक्ति दिइरहेकाले देश कतातिर गईरहेको छ भन्ने स्वयम अनुमान लगाउन सकिने बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.