देवराज घिमिरे बने नयाँ सभामुख

माघ ०५

काठमाण्डौ–प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ। आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो।

मत विभाजनको क्रममा देवराज घिमिरेको पक्षमा एक सय ६७ मत खसेको छ । उहाँका विपक्षमा एक सय मत खसेको छ।

सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो। यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रिव लामिछाने हुनुहुन्थ्यो।

सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहनुभएको थियो।

आज संसदमा दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए।

You might also like