दोलखाका १० मतदान केन्द्रमा आज मतदान हुदै

१५ मंसिर
दोलखाका विवादित विभिन्न १० मतदानस्थलमा आज (बिहीबार) पुनः मतदान हुँदैछ। मंसिर ४ गते भएको मतदानमा बुथ क्याप्चर भएको आरोपको छानबिन गर्दै निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेको थियो।

निर्वाचन आयोगको निर्णय अनुसार आज १० स्थानमा पुनः मतदान हुने भएको हो। नेपाली कांग्रेसले बुथ क्याप्चर गरेको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए।

आयोगको स्थलगत अध्ययनले निर्वाचन निष्पकक्ष हुन नसकेको ठहर गरेपछि फेरि चुनाव गराउने निर्णय गरेको थियो।

दोलखाको वैत्यश्वर गाउँपालिकाको वडा नम्बर २ मा रहेको जनज्योति मावि पुतलिकाठ मतदानकेन्द्र ‘क’ र ‘ख’, वडा नम्बर ३ को कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ र सोही गाउँपालिकाको वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनस् मतदान हुने भएको छ।

यस्तै तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रको ‘क’ र ‘ख’ गरी जम्मा १० वटा मतदान केन्द्रमा पुनः मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.