सुनसरीमा एमाले नेतृ चौधरी विजयी: विजय गच्छदारको लामो संसदिय यात्रामा बिराम

१४ मंसिर
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदश्य र प्रदेशसभा सदश्यको पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् ।

मंगलबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरे । २०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको छ ।

You might also like