मुहार फेर्दै डडेल्धुराको रावलतोली गुफा परिसर

तस्विरः गणेश थापा

डडेल्धुरा सदरमुकाम बाट करिव ५ किलोमिटर भिमदत्त राजमार्ग मा रहेको पोखरा बजार नजिकै रहेको रावलतोलि गुफा परिसरले पछिल्लो समयमा मुहार फेर्दै गरेको देखिन्छ । डडेल्धुरा सदरमुकाम नजिकै भएर पनि ओझेलमा परेको जस्तो देखिने रावलतोलि गुफा परिसरमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुन थाले पछि रावलतोली गुफा परिसर यस क्षेत्रकै पर्यटकिय गन्तव्य बन्ने सम्भावना बढ्दै गईरहेकोछ ।


अमरगढी नगरपालिका वडा नं.७ स्थित पोखरावजार भन्दा करीव दुई सय मिटर वर राजमार्ग संगै जोडिएको रावलतोलि गुफा परिसर सदरमुकाम बाट नजिकै रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा रहेको थियो भने गत बर्ष देखी उक्त परिसरको प्रचार प्रसार तथा केही भौतिक निर्माणका कार्य सुरु भए पछि त्यस क्षेत्रको बारेमा चासो राख्नेहरु बढदै गएको देखिन्छ ।

यस परिसरमा रहेको पौराणिक एबं धार्मिक महत्व बोकेको गुफा जहाँ यस क्षेत्रमा रहेको शैलेश्वर र उग्रतारा भगवतीका धामि तथा पुजारीहरु बसेर पुजाका लागी सरसल्लाह गर्ने गरेको जस्ता अन्य धेरै जनविश्वासहरु रहेको छ । जिर्णप्रायः रहेको उक्त गुफा लाई जिर्णाेद्धार गरि नयाँ स्वरुपमा ढालेपछि झनै आकर्षक देखनिथालेको छ भने यस गुफा परिसरमा निर्माण गरिएका विभिन्न मुर्तिहरुले यस क्षेत्रमा पुग्ने जो कोही लाई आनन्दीत तुल्याउने गर्दछ ।
You might also like