७ मंसिर
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदश्य निर्वाचनमा डडेल्धुरा बाट प्रतिनिधि सभा सदश्यका लागी नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सातौँ पटक विजयी भएका छन् । देउवाले यो संगै २०४८ देखिको आफ्नो किल्ला जोगाउन सफल भएका छन् । देउवाले २५ हजार ५३४ मतसहित विजयी भएर आफनो अपराजित यात्रा कायम राखेका हुन् । सातौंपटक विजयी हुने क्रममा देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गरे ।
ढकालले १३ हजार ४२ मत पाए भने नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत पाए । देउवा यसअघि ०४८, ०५१, ०५६, ६४, ०७० र ०७४ मा डडेलधुरा जिल्लाबाट विजयी भइसकेका छन् ।
यस पटक प्रतिनिधिसभा सदश्य का लागी भएको प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टिका गोविन्द खडायतले ७८४, कर्ण सिँह रावल ले ४४२, बिक्रम बहादुर शाहीले ४३३, श्याम सिनाल ले १६१ र लाल बहादुर कठायत ले जम्मा ८५ मत प्राप्त गरेका थिए ।