भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

काठमाडौं- नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज विधिवत रुपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ ।

गत आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको थियो ।

यसका लागि आज दिउसो काठमाडौँमा ‘बृहत पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

You might also like