भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदान सम्म

चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएकोछ।
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेकोछ।शुक्रबार आयोजित एककार्यक्रमका बीच भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर१७ देखि डिसेम्बर१३, २०२५) सम्म कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानमा हुनेछ।
“हामी खेलकुद सँग सुरु देखि नै जोडिएका छौं। खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी जिम्मेवारीको कुरा हो यो हाम्रो समाज र नयाँ पुस्ता प्रतिको लगानी हो, जसले देश भित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गरिरहेकोछ।अझ, खेलकुदले इन्टरनेटले जस्तै मानिसहरू लाई नजिकल्याउँछ, एक अर्का सँगको सम्बन्ध बलियो बनाउँछ।यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौं,” भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिनश्रेष्ठले बताए।
भायानेटले स्थापना समय देखिनै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएकोछ। यसअघि, भायानेट फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र भदौमा सम्पन्न कर्पोरेट क्रिकेट लिग दुबैको टाइटल स्पोन्सर बनेको थियो। यस्तै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’लाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बाप्याक’पनि सार्वजनिक गरेको थियो।
चितवन राइनोज सँगको यस सहकार्य मार्फत भायानेटले खेलाडीको मनोबल, दर्शकको भावना र देशभरका खेलप्रेमीहरू लाई एकै ठाउँमा जोड्ने सेतुको रूपमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकोछ।

You might also like