डडेल्धुरा — डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका–३ बन्डालेका भैरब बहादुर ठगुन्नाको गए राती भारतमा भएको सडक दुर्घटनामा परि मृत्यु भएको छ।

कामको सिलसिलामा भारतको ब्याङ्लोर, चित्रदुर्गा नजिक बस्दै आएका टगुन्ना हिजो राति करिब १२ः ३० बजे स्कुटीमा कोठातर्फ फर्किने क्रममा दुर्घटनामा परेका थिए। चार लेनको सडकमा रहेको ब्रेकरबाट स्कुटी जम्प भएपछि दुर्घटना भएको बताइएको छ।
उक्त स्कुटीमा सवार सोही गाउँका धन बहादुर धामी सामान्य रूपमा घाइते भएका छन् भने चालक ठगुन्नाको टाउकोमा गम्भीर चोट लाग्दा घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरी स्रोतले जनाएको छ।
यो दुःखद घटनाले आलिताल गाउँपालिका–३ शोकाकुल बनेको छ। स्थानीयहरूले होनहार र मेहनती युवाको असामयिक निधनले गाउँले गहिरो दुःख व्यक्त गरेका छन्।