देश र कांग्रेसको नेतृत्व लिन हाम्रो पुस्ता तयार छ युवा नेता नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं युवा नेता नैनसिंह महरले नयाँ पुस्ता सबै सकारात्मक परिवर्तनको नेतृत्व गर्नका लागि तयार भइसकेको बताएका छन् ।


गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता महरले पार्टीको आन्तरिक एकता र संगठनलाई सुदृढ बनाएर अगाडी बढे मात्र देशलाई सफल नेतृत्व प्रदान गर्न सकिने भएकाले नयाँ पुस्ता नेतृत्वका लागि तयार भइसकेको बताए ।

“फागुन २१ मा तोकिएको निर्वाचन हुनुपर्ने र पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न हुने तथा हाम्रो पुस्ताको नेतृत्व स्थापनाको सुनिश्चितता आवश्यक छ,” उनले भने ।

महरले पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने धारणा राखे । “सबैको मतको सम्मान गर्ने प्रवृत्तिले मात्र लोकतन्त्रको रक्षा गर्छ । केन्द्रीय समितिका हरेक निर्णयहरूमा सर्वसम्मत सहमतिको जुन अभ्यास विगतमा थियो, त्यसको निरन्तरताको अपेक्षा आज पनि छ,” उनले भने ।

You might also like