कैलालीबाट पेस्तोलसहित एक जना पक्राउ

कैलाली– घोडाघोडी नगरपालिका १ बेलार बस्ने २३ वर्षीय आकाश शाहीलाई पेस्तोल १ थान र म्याग्जिन १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको भान्सा घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

You might also like