आलिताल गाँउपालिका उपाध्यक्ष द्धारा क्रिकेट प्रतियोगिता आयोजना हुदै

डडेल्धुरा-जिल्लाको आलिताल गाँउपालिकाका उपाध्यक्ष मैना कुमारी रावल बोहराको व्यक्तिगत आयोजनामा गाँउपालिका स्तरीय पुरुष क्रिकेट हुने भएको छ ।


विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा आयोजना हुन लागेको उक्त प्रतियोगिता आलिताल गाउँपालिका ८ मा रहेको घुम्ति खेल मैदानमा असोज २५ गतेदेखि सुरु भएको हो।

उपाध्यक्ष बोहराले खेलकुदमार्फत सामाजिक सद्धभाव, समन्वय र एकता प्रवर्द्धन गर्ने उद्देश्य सहित खेलाडी र युवाहरु लाई प्रेरणा प्रदान गर्नको लागी खेलकुद प्रतियोगिताका आयोजना गर्न लागी र उक्त प्रतियोगीता सफल पार्न सबै पक्षको सहयोग हुने अपेक्षा लिएको बताउनु भयो ।
प्रतियोगिताको विजेताले रु. २२,२२२। र उपविजेताले रु।.११,१११। नगद सहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

शुभकामना आदानप्रदान संगै खेलकुदलाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउने र आलिताललाई खेलकुदको हव बनाउनका लागी सहयोग गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बोहराले बताइन । उपाध्यक्ष बोहरा आफै पनि भलिवल खेलाडी हुन ।

You might also like