त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरु नियमित

काठमाण्डौ – वर्षा कम भएर आकाश खुल्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ उडान र अवतरण नियमित हुन थालेका छन् । प्रतिकूल मौसमका कारण हिजोदेखि आन्तरिकतर्फका उडानहरु रोकिएका थिए ।

अन्तर्राष्ट्रिय उडानहरु पनि डाइभर्ट भएका थिए । पानी पर्न रोकिएपछि आज बिहानदेखि उडान र अवतरण नियमित भैरहेका विमानस्थलले जनाएको छ । यद्यपी देशका मुख्य मुख्य राजमार्गहरु भने अहिले पनि अवरुद्ध नै रहेका छन् ।

You might also like