डडेल्धुरा-जिल्लाको नवदुर्गा गाँउपालिकाले चाड पर्व लाई लक्षित गरि बजार अनुगमन सम्पन्न गरेको छ ।
गाँउपालिकाको अनुगमन टोलीले गाँउपालिकाको वडा नं.१ को चोरा बजार,वडा नं.२ पनालखेत बजार, वडा न.४ को सेरी र वेलापुर बजार र गाँउपालिका मातहतका विभिन्न कार्यालयहरुको संयुक्त अनुगमन गरेको हो ।
नवदुर्गा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, राजश्व शाखा प्रमुख, वडा नं.१ का वडा अध्यक्ष सहित गाँउपालिकाको पदाधिकारीहरुले संयुक्त रुपमा बजार तथा मातहतका कार्यालयहरुको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा केही पसलहरु बाट म्याद नाघेका खाद्य बस्तुहरु बरामत गरेको नवदुर्गा गाँउपालिकाले जनाएको छ ।
अनुगमनको क्रममा उपभोक्ताको हितलाई ध्यानमा राखि गुणस्तरयुक्त सामाग्रीहरुको विक्रि-वितरण गर्नको लागी व्यापारीहरु लाई अनुरोध गरिएको र मातहतका कार्यालयहरु लाई चुस्त दुरुस्त सेवा प्रदान गर्नको लागी निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत हर्ष बहादुर रोकाले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा २६ वटा पसलमा अनुगमन गर्दा करिव १ लाख वरावरको खाद्य बस्तुहरुको बरामद गरी शिलबन्दी सहित प्रहरीको मातहतमा राखीएको गाँउपालिकाको सुचना अधिकारी करुणाकर भट्टले बताउनुभयो ।