जयभुवन कप क्रिकेट प्रतियोगिताको तेश्रो संस्करण सुरु

डडेल्धुरा —डडेल्धुराका नवदुर्गा गाँउपालिका वडा नं.१को ऐरोडामा तेश्रो संस्करणको जिल्ला स्तरीय खुल्ला टि-२० क्रिकेट प्रतियोगिता  आज बाट सुरु भएको छ ।


पर्यटन प्रवद्र्धन र सामाजिक सद्धभाव सहित स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ आज बाट सुरु भएको क्रिकेट प्रतियोगितामा जिल्लाका १५ वटा टिमले प्रस्पिर्धा गरिरहेको छ ।
जिल्लाको नवदुर्गा गाँउपालिका वडा नं.१ ऐरोडा स्थित जय भुवन युवा क्लवले विजया दशमी तथा दिपावलीको अवसर पारि क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको आज औपचारिक कार्यक्रमका विच नवदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीले उद्घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल क्रिकेट संघका सुदूरपश्चिम समिति अध्यक्ष बाशुदेव जोशी उपस्थित हुनुहुन्थ्यो ।
क्रिकेट प्रतियोगिता अन्तराष्ट्रिय क्रिकेट परिषदको नियमानुसार खेलाईने तथा यहि १४ गते प्रतियोगिता सम्पन्न हुने मुख्य अम्पायर निरज रावलले बताउनु भयो ।

You might also like