एलिशा हार्डवेयरको दशैं–तिहार अफर, अमेरिकन पेन्ट किन्दा आइफोन १७ उपहार

डडेल्धुरा- दशै तिहार जस्ता चाडपर्वको अवसरमा डडेल्धुरा स्थित एलिशा मल्टी हार्डवयर प्रा.लि.ले अमेरिकन पेन्ट खरिदमा विशेष दशैं–तिहार अफर सार्वजनिक गरेको छ ।

एलिशा मल्टी हार्डवयर प्रा.लि.ले २५,००० रुपैयाँ भन्दा बढीको अमेरिकन पेन्ट खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार प्याक उपलब्ध गराउने जनाएको छ भने केही भाग्यशाली ग्राहकहरूले आईफोन १७, फ्रिज, स्पिकर, किचन सामाग्रीहरु जस्ता उपहार जित्ने मौका पनि पाउने एलिशा हार्डवेयरका बसन्त राज पाण्डेयले बताउनुभयो ।

हाल प्रिमियम गुणस्तर, चम्किलो र टिकाउ रंग तथा आधुनिक रंग प्रवृत्तिका कारण बजारमा लोकप्रिय बन्दै गएको अमेरिकन पेन्ट लाई लक्षित गरी ल्याइएको यो अफर सीमित समयका लागि मात्र लागू हुने संचालक वशन्त राज पाण्डेले जानकारी दिए ।

अफरको लागि ग्राहकहरूलाई तुफानडाँडा, डडेल्धुरास्थित एलिशा मल्टी हार्डवयरमा सम्पर्क गर्न वा फोन मार्फत बुकिङ गर्न आग्रह गरिएको छ । संचालक वशन्त राज पाण्डेका अनुसार एलिशा हार्डवेयरको सम्पर्क नं. ०९६–४१०१८१, ९८४८७७४०६६, ९८५८७७५८५८ मा सम्पर्क गरेर पनि पेन्ट तथा अन्य सामाग्रीहरु बुकिंगका साथै थप जानकारी लिन सकिनेछ ।

You might also like